सांसद वलीको बागरखोलामा अन्तिम दाहसंस्कार

| 2019 Feb 23 | 12:51 pm 1736

दाङ, फागुन ११ : सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद उत्तरकुमार वलीको शुक्रबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो । दाङ क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित प्रदेश नन्बर ५ का प्रदेशसभा सदस्य वलीको आज (शनिबार) दाहसंस्कार गरिएको छ ।

उनलाई दङ्गीशरण गाउँपालिका–६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको छ । सांसद वलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नक्बर–५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश नम्बर–५ का सभामुख पूर्णबहादुर घर्तीलगायतका नेता, कार्यकर्ताले नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

उनकी श्रीमती र दुई छोरा छन् । २०४१ सालमा जन्मिनु भएका सांसद वलीको ३४ वर्षको उमेरमा निधन भएको छ । सांसद वलीलाई हिजो शुक्रबार नै हेलिकप्टरमार्फत उनको पार्थिव शरीरलाई गृह जिल्ला दाङ ल्याइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.