सांसद रेसम चौधरी अस्पताल भर्ना

रिपोर्ट नेपाल | 2020 Aug 07 | 02:07 pm 2580

काठमाडौं, साउन २३ः सांसद रेसम चौधरी अस्पताल भर्ना भएका छन्। केही दिनदेखि मुटु र खुट्टामा समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरेका हुन्।

उनलाई मुटु दुख्‍ने र खुट्टा सुनिने समस्या भएकोले अस्पताल भर्ना गरिएको डिल्ली बजारस्थित कारागारका जेलर गणेश आचार्यले बताए ।

२०७२ भदौ ७ गते सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका सांसद हुन्।

उनलाई टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो।

उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्। अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो।

गएको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी भएका थिए। चौधरीले २०७५ पुस १९ मा शपथ लिएका हुन्।

रेशमलाई पूर्व सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.