सांसद दीपक मनाङे धरौटीमा रिहा

रिपोर्ट नेपाल | 2020 Jan 26 | 07:31 pm 1354

कास्की, माघ १२: फुटवल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि अभद्र व्यवहार आरोपमा पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) आइतबार धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई ६ हजार धरौटीमा रिहा गरेका हुन् ।

मनाङे विरुद्ध संघ अध्यक्ष मिलन गुरुङले अभद्र व्यवहार गरेको अभियोगमा जीउज्यान सुरक्षाको माग गर्दै बुधवार प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले त्यसको भोलिपल्ट बिहीबार मनाङेलाई पक्राउ गरेको थियो ।

मनाङलेलाई शुक्रबार जिल्ला प्रशासनले अनुसन्धानका लागि दुई दिनको म्याद थपेको थियो ।

आइतबार प्रहरीले मनाङेलाई जिल्ला प्रशासनमा लगेको थियो । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटी मागेका थिए । मनाङेले ६ हजार रकम नगदै बुझाएर रिहा भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.