सांसद चौधरीले दिइन् ओलीलाई श्रद्धाञ्जलि

| 2019 Feb 22 | 02:23 pm 1819

काठमाडौं, फागुन १० : प्रदेश नम्बर ५ दाङबाट प्रतिनिधित्व गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद उत्तरकुमार ओलीको निधन भएकोमा दुःख व्यक्त गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद पार्वती डिसी चौधरीले श्रद्धाञ्जलि दिएकी छिन् ।

आज (शुक्रबार) बसेको संसद बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले गत माघ २४ मा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचारका क्रममा निधन भएका नेकपाका प्रदेश सांसद ओलीप्रति श्रद्धाञ्जलि दिइन् । साथै उनले परिवार प्रति शोकसन्तप्त समवेदना प्रकट गरेकी छिन् ।

उनी दाङ क्षेत्र नम्बर–३ को (ख)बाट प्रदेश ५ मा निर्वाचित नेकपाका प्रदेश सांसद हुन् । उनको आज बिहान ३ बजे निधन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.