सांसद गिरीकाे घरमा ढुंगामुढा गर्ने युवक पक्राउ

| 2020 Jun 12 | 07:57 pm 1851

काठमाडाैं, जेठ ३०ः गत मंगलबार समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरको मूलढोकामा ढुंगामुढा गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा जिल्ला स्थायी घर भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापा रहेका छन् ।

काठमाडौंको विशालनगरस्थित गिरीको घरको मूलढोकामा ढुंगामुढा गरी क्षति पुर्‍याएको आरोपमा प्रहरीले थापालाई शुक्रबार पक्राउ गरेको हाे ।

गिरीले लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको भन्दै नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएपछि केही युवाहरूकाे समूहले उनकाे घरमा कालाेझण्डा गाड्नुका साथै मूलढोकामा ढुंगामुढा गरेका थिए ।

उक्त घटनाको भिडियो बनाई युट्युबमा अपलोड गरेको र सो विषयमा सोधपुच्छ गर्ने क्रममा प्रहरीमाथि नै जाइ लागेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.