सांसदले पाउने रकम ६ करोड पुर्‍याइयो

रिपोर्ट नेपाल | 2019 May 29 | 05:47 pm 1837

काठमाडौं, जेठ १५ : पूर्वाधार विकास कोषमार्फत सांसदले पाउने रकम ६ करोड पुर्‍याइएको छ। सरकारले स्थानीय पुर्वाधार विकास कोषको रकम ४ करोड रुपैयाँबाट बढाएर ६ करोड रुपैयाँ पुर्‍याइएको हाे ।

केही वर्षअघि सांसद विकास कोषका नामबाट सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी २ करोड रुपैयाँ पाउँदै आएका थिए। केपी ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षमा उक्त रकम बढाएर ४ करोड रुपैयाँ पुर्‍याएको थियो।

निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र विकाससँग सम्बन्धित ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’का लागि सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि अघिल्लो वर्ष ४ करोड दिएको थियो। यसपटक सो रकम बढाउनुपर्ने भन्दै केही सांसदहरुले ‘लबिङ’ गरिरहेका थिए।

प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा यो रकम खर्चनुपर्ने ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली , २०७५’ मा व्यवस्था छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.