मार्तडी, माघ २९ : सांसद चक्रप्रसाद स्नेहरीले वाइडबडी विमान खरिद प्रकरण छाँयामा परेको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सांसद स्नेहरीले वाइडबडी विमान खरिदमा पूर्वप्रधानमन्त्रीको नाम मुछिएसँगै यो विषय छाँयामा परेको भन्दै असन्तुष्टि जनाए हुन्।
उनले त्यसबारे के भइरहेको छ भन्ने विषय सदनलाई जान गराउन सरकारसमक्ष माग गरेका छन्। ‘अहिले वाइडबडी कहाँ हरायो। ठूलो मान्छेको नाम आउने बित्तिकै कुनै सुनवाइ हुने होइन भने राज्यमा कानुन छ कि छैनरु भन्ने हुन्छु’ स्नेहीले भने, ‘जितेन्द्र नारायणदेव मन्त्री हुनु एक महिना पहिले वाइडबडी खरिदमा पहिलो किस्ता दिने महामानव को थिएरु उनका विषयमा अहिले न्यायिक समितले छानबिन गर्न सक्छ कि सक्दैनरु वहालवाला मन्त्री होस् वा पूर्वप्रधानमन्त्री जो भए पनि कारबाही हुनुपर्छ।’
वाइडबडी प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम जोडिएको छ। उनको पालामा नै पहिलो किस्तास्वरुप ८ अर्ब रकम बुझाएको लेखा समिति सदस्यले बताएका छन्। यो प्रकरणमा देउवाको नाम जोडिएसँगै यो मुद्दा उठ्न छोडेको सांसदहरूले बताउने गरेका छन्।