सांसदको घर अगाडी शंकास्पद बस्तु

रिपोर्ट नेपाल | 2022 Jun 24 | 08:48 am 813

झापा, असार १०ः नेकपा एमाले झापाका अध्यक्ष एवं संविधानसभा सदस्य दीपक कार्की र प्रदेश १ का पुर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको घर अगाडि सडकमा शुक्रबार विहान तार जडित प्रेसर कुकर फेला परेको छ ।

गौरादह चोक नजिक बाक्लो बस्ति रहेको ठाँउमा शंकाश्पद तवरले राखिएको प्रेसर कुकरले स्थानीयहरु त्रसित भएका छन् । विहान ५ बजे उठ्दा गेट छेउमा नै तार जडित प्रेसर कुकर देखिएपछि प्रहरीलाई तत्काल खबर गरिएको नेकपा एमाले झापाका अध्यक्ष कार्कीले बताए ।

शंकाश्पद रुपमा राखिएको तार जडित प्रेसर कुकरमा विस्फोटक पदार्थ हुनसक्ने भएकाले अहिले उक्त क्षेत्रलाई प्रहरीले नियण्त्रणमा लिएको जनाईएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकाश्पद प्रेसर कुकुर डिस्पोज गर्ने तयारी रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.