बुटवल, भदौ ७: शुक्रबार राति छिमेकमा तीजको रमझम हेर्न गएका दाङका एक व्यक्ति शनिबार मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा घोराही उपमहानगरपालिका १८ गिठेपानीका ५० वर्षीय देउचन रोका रहेको दाङका प्रहरी प्रवक्ता डिएसपी बिनोद बिक्रम शाहले जानकारी दिए ।
रोकालाई बिहान पौने ९ बजेको समयमा मानव निर्मित पोखरीमा डुबेको अवस्थामा फेला पारेका थिए । उनी गएराति छिमेकमा तीजको नाचगान हेर्न गएको बुझिएको छ ।
उनको मृत्यु शंकास्पद देखिएकाले यस घटनाबारे गम्भीर अनुसन्धान गरिने डिएसपी शाहले बताए ।