सहृदयी मञ्च तनहुँद्वारा ह्विलचियर वितरण

| 2022 Aug 13 | 07:36 pm 1869

तनहुँ, साउन २८ः यही २०७९ साउन २८ गते अपाङ्गता भएका व्यक्तिहरुद्वारा स्थापित सहृदयी मञ्च तनहुँ नेपालको आयोजनामा म्याग्दे गाउँपालिका वडा नं. ७ धयराघारीमा भएको एक कार्यक्रमका बीच व्यास नगरपालिका वडा नं. ६ सेखाटार निवासी शारिरीक अपाङ्गता भएका बुद्धि कुमार श्रेष्ठका अभिभावक श्रीमाया श्रेष्ठलाई संस्थाकी अध्यक्ष सावित्री सुवेदी र सल्लाहकार दीपक भण्डारीले संयुक्तरुपमा एक थान ह्विलचियर प्रदान गरिएको थियो ।

संस्थाकी अध्यक्ष सावित्री सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव कृष्णा थापाले गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.