सहिद दिवसकाे दिन तनहुँ कांग्रेसद्धारा दमौली अस्पतालमा फलफूल वितरण

| 2022 Jan 30 | 06:09 pm 1533

तनहुँ, माघ १६ः सहिद दिवसका दिन नेपाली कांग्रेस तनहुँले दमौली अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । जिल्ला सभापति जीतप्रकाश आले सहितको टोलीले दमौली अस्पतालका प्रमुख डा.सुनिल पौडेल मार्फत अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेका थिए ।

फलफूल वितरण कार्यक्रममा संविधान सभा सदस्य झुलबहादुर आले, उपसभापतिद्धय राजेन्द्रकृष्ण श्रेष्ठ, देवकुमार श्रेष्ठ, सचिवद्धय सहदेव अधिकारी, लक्ष्मीभक्त खनाल र जिल्ला सदस्य डम्बरबहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सहिद दिवसकाे अवसर पारेर अस्पतालमा फलफूल वितरण कार्यक्रम आयोजना गरिएको जिल्ला सभापति आलेले बताए । अस्पतालका बिरामीलाई फलफूल वितरण गरेकोमा अस्पतालका प्रमुख डा. पौडेललाई धन्यवाद ज्ञापन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.