सहिद कृष्ण माविमा ८२ लाख रकम संकलन

रिपोर्ट नेपाल | 2019 Mar 05 | 06:44 pm 2750

तनहुँ, (दुलेगौंडा) फागुन २१ : सहिद कृष्ण माविको शैक्षिक स्तरवृद्धि एवम् प्राविधिक शिक्षा सञ्चालनार्थ आयोजित श्रीमद् भागवत् धनधान्याञ्चल विराट शैक्षिक ज्ञान महायज्ञमा आज मंगलवार १० लाख ६९ हजार ६ सय २१ रुपैया दान संकलन भएको छ ।

उक्त रकममा १ रोपनी क्षेत्रफलको भूमि दानको ४ लाख रुपैयाँ समावेश गरिएको छ । सो भूमि शुनपा–३ निवासी राजन रिमाल र रिता रिमालले दान गरेका हुन् । आजै नारन गुरुङले ५१ हजार १ सय ११ र प्रेमप्रसाद लालचनले ५१ हजार रुपैया दान गरे ।

पाँचौ दिनसम्म ८१ लाख ९० हजार ९ सय ९९ रुपैया दान संकलन भएको आर्थिक तथा दान उत्प्रेरक उपसमिति संयोजक गजेन्द्र प्रसाद पौडेलले जानकारी दिए । उनले महायज्ञमा सहभागि भई सकेको दान गर्न सबैलाई आग्रह गरे ।

तनहुँको शुक्लागण्डकी–३, कवासेमा अवस्थित सो विद्यालयमा भागवत रसिक युवा गुरु श्री ऋषिराम महाराज जीको प्रमुख वाचकत्वमा जारी महायज्ञ फागुन २५ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञमा दैनिक नित्य पुजा एवंम पाठपारायण, चेतनामुलक झाँकीसहितको संगीतमय कथा प्रवचन, लक्ष्यवर्तीदिप प्रज्वलन, पितृ उद्धार, चौरासी पुजा, ब्रतबन्ध, ग्रहशान्ती, तुलादान, दैनिक योग शिविर समावेश गरिएको प्रवक्ता परशुराम भण्डारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.