काठमाडौं, साउन १५ । यस अगाडी प्रवक्ता रहेका जितेन्द्र बस्नेतको काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि सहसचिव नारायण प्रसाद भट्टराईलाई गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिएको छ । गत शुक्रबारदेखि उनले सो जिम्मेवारी सम्हालेका हुन् ।
यातायात व्यवस्था विभागको महानिर्देशक रहेका सहसचिव भट्टराईलाई गृह मन्त्रालयमा सरुवा गरी उनलाई शान्ति सुरक्षा समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ ।
भट्टराई गृहमन्त्री नारायणकाजी श्रेष्ठका विश्वासपात्र सहसचिव मानिन्छन् ।