काठमाडौँ, असोज २४ : सेवा ग्राहीसँग रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको हो ।
सहन्यायाधिवक्ता थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई पाँच लाख लिइरहेको अवस्थामा आयोगको टोलीले आज बुधबार उनकै कार्यकक्षबाट पक्राउ गरेको बुझिएको छ ।
विशेष सुराकीको आधारमा अपे्रशनका लागि निस्किएको आयोगले आजै मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पनि घुस रकम ५० हजारसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।