सहकर्मी माथी यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले दिए राजीनामा

| 2023 Oct 02 | 11:11 am 2777

काठमाडौँ, असोज १५ । नेपाल प्रहरीका एकजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले राजीनामा दिएका छन् । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी योगबहादुर पालले राजीनामा पेश गरेको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले बताएका छन् ।

डिआइजी सुरेन्द्र मैनालीको नेतृत्वमा गठित छानविन समितिले एसएसपी पाललाई बर्खास्त  गर्न सिफारिस गरेपछि उनले राजिनामा दिएको बुझिएको छ । सुदूरपश्चिम प्रदेश कार्यालयमा रहँदा एसएसपी पालले दुर्व्यवहार गरेको भन्दै एकजना महिला सहायक हवलदारले १९ जेठमा उजुरी गरेकी थिइन् ।

एसएसपी पालको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको प्रवक्ता कडायतले बताए  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.