सस्तोमा मूल्यमा सुन दिने भन्दै रकम लुटेर भाग्ने तीन पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 23 | 06:24 pm 1901

काठमाडौं, माघ ९ : विभिन्न व्यक्तिहरुलाई सस्तोमा मूल्यमा सुन दिने भन्दै उनीहरुसँग रकम लुटेर भाग्ने तीन जना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं जोरपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक नगरपालिका–१४ खालेगाउँका ३८ वर्षीया विविमाया तामाङ, काठमाडौं नागार्जुन नगरपालिका–९ हसनटार बस्ने २९ वर्षीय चक्रे भन्ने यमबहादुर तामाङ र काठमाडौं चन्द्रागिरी नगरपालिका–५ थानकोट बस्ने २५ वर्षीय हिरा तामाङ रहेका छन्।

गत मंसिर २० गते काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका ३० वर्षीय प्रदीप कालीदासलाई बौद्धस्थित सुन पसलमा उनीहरुले ललाई फकाई १५/२० तोला सुन सस्तोमा दिने भनी नैकापमा बोलाएर ५ लाख १० हजार रुपैयाँ लुटेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.