सस्तै लाखमा टरेकाे स्ववियु निर्वाचन

| 2023 Apr 05 | 02:29 pm 8753

मिनि संसद अर्थात स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), विद्यार्थी पक्षका हकहित खोज्ने र अधिकार खोस्ने कलेज प्रशासनका गतिविधि रोक्ने साझा विद्यार्थी मोर्चा हो । त्रिभुवन विश्वविद्यालयको नियम २०५० को परिच्छेद ८२ को नियम ३४८को उपनियम (घ) मा व्यवस्था गरिए अनुसार प्रत्येक २–२ वर्षमा स्ववियु कार्य समितिको निर्वाचन हुनुपर्ने र बढीमा ६–६ महिना गरि २ पटकमा १ वर्षसम्म मात्र गरि निर्वाचित कार्य समितिको ३ वर्ष निर्वाचित अस्तित्व समय हुनेछ । देशकै आम नागरिकको जिज्ञासाको विषय शिक्षा र यस क्षेत्र भित्रको विद्यार्थी राजनीति शिक्षामा सकारात्मक परिवर्तनको कारक बन्नुपर्छ । स्ववियुले देशले माग्दा जनजीविका र राष्ट्रियताका सवालहरुका प्रतिपक्षीय आन्दोलनमा योगदान उपलब्ध गर्थ्यो र गर्नुपर्छ ।

No description available.तर उमेर हदबन्दी कार्यान्वयन भएपश्चात चलिरहेको स्ववियुलाई वास्तविक विद्यार्थीकै नेतृत्व चयन गर्दै यसको सदुपयोग, संरक्षण र सामाजिक उत्तरदायित्व वहन गर्ने दिशामा अघि बढाउनु पर्थ्यो । दुर्भाग्य भविस्यको देशकै राजनिती डोर्याउने वर्तमानको विद्यार्थी राजनिती बदल्ने बिचार सहितका श्रृजनाका किताब कलम हैन कतै कतै रड खुकुरी बोक्दै बिकृत बन्दैछ ।

दुःखद उदाहरण यस्तै यस्तै हुदै अघि बढिरहेको स्ववियु निर्वाचन सम्पन्न केही कलेजका कुल खर्च भर्ना रु ५ लाख, चिया, खाजा, खाना रु १० लाख र भोट किन्न रु ५–१० लाख । टिकट ल्याउँदाको खर्च नजोडी मिनि संसद खर्च जम्मा रु २०–२५ लाख मात्र । यस्तै सस्तै लाखमा टारियो स्ववियु निर्वाचन भन्दै हिसाब जोड्दै थिए स्ववियु कार्यलय छेउछाउ केहि निर्वाचित अध्यक्ष, सभापति । हो विद्याको मन्दिरमा शुल्कको व्यापार र स्थानिय, प्रदेश र संघका भड्किला निर्वाचन देखि परिचित नै थिए आँखाहरु तर उताको बिकृती यता फैलिएर स्ववियु झोल भाको चाँही पहिलो चोटि देख्या । यसरी लाखौं खर्चि नक्कली विद्यार्थी भर्ना गर्दै गुन्डागर्दीको आडमा चुनाव जित्ने र जितेपछि विद्यार्थी माझ नफर्कने, चुनावमा भएको खर्च असुल्नका लागि विद्यार्थी कल्याणकारी कोष झ्वाम पार्ने, कलेज प्रशासन संगको मिलेमतोमा चर्को सुल्कको व्यापार गर्ने र कलेजमा हुने भौतिक संरचना निर्माणमा लाखौ असुलिको साठगाठ गर्ने बिकृती पो मौलाउँदो छ । विद्यार्थीका बिच गरिएका असल कर्म र पूरा गरेका बाचाहरुको वास्तविक परीक्षा हुनुपर्ने स्ववियु निर्वाचनले कतै कतै यसै गरि सस्तो लाखमै टरेको स्ववियु उपमा प्राप्त गर्दै बदनामित बनिरहदा ।

के आकाशिदो शुल्क नियन्त्रण हुनेछ त ?
के यस्ले वास्तविक विद्यार्थीको नेतृत्व गर्नेछ त ?
के विद्यार्थीमाथि हुने गरेको अन्यायको अन्त्य हुनेछ त ?
के विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिले बाटो पकड्नेछ त ?

विद्यार्थीका हक हितमा लड्ने साझा सस्था यस्ता लाख प्रश्नको घेरा भित्र फसेको छ । यी र ती सबै प्रश्न हरुको चित्त बुझ्दो जवाफ पस्कदै भरोसाको साझा स्ववियु दुर्गन्धित बन्न रोक्नु युवा विद्यार्थीका नेतृत्वकर्ताको काधमा जिम्मेवारी बनी आएको छ । खाडीमा भेटौला भन्ने विद्यार्थीका कारुणिकता भाइरल हुँदै गर्दाको वर्तमानमै सम्पन्न स्ववियुका नवनिर्वाचित टिम यी र ती बिकृतिहरु रोक्न सफल बनुन् बाधाई तथा शुभकामना ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.