काठमाडौं, जेठ १७: सशस्त्र प्रहरीतर्फका ६३ जना प्रहरी नायब निरीक्षकलार्इ निरीक्षकमा बढुवा गरिएको छ । बढुवा समितिको मंगलवार बसेको बैठकले ६३ रिक्त नायब निरिक्षकबाट निरिक्षकमा बढुवा सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ ग बमोजिम ६३ जना सशस्त्र प्रहरीलार्इ निरीक्षकमा बढुवा गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।