वीरगन्ज , माघ २५। सशस्त्र प्रहरी बल नेपाल पर्साले भारतबाट विभिन्न नाकाहरुबाट भित्राएको प्याज सहित पिक्प पक्राउ गरेको छ।
सशस्त्र प्रहरीले भन्सार छलि गरि भित्राएको वीरगन्जको ड्राईपोर्ट र अलौबाट करिब ५७४०केजी प्याज नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट पर्साको मातहत रहेको सिमा सुरक्षा गुल्म अलौ र बिओपी ड्राईपोर्टबाट खटिएको सशस्त्र प्रहरीको टोली आकस्मिक चेकजांच गर्ने क्रममा भारतबाट अबैधरूपमा भन्सार छलि प्रदेश २-०३ ००१ च -६२०३ र प्रदेश २-०३ ००१ च ५९३५ नम्बरकाे २ वटा पिकअप गाडीमा ल्याउदै गरेकाे प्याज करिब ४२ लाख २९ हजार ६०० रुपैया बराबरको पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्याले जानकारी दिनुभयो।
