सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु

रिपोर्ट नेपाल | 2021 Dec 27 | 05:39 pm 3593

काठमाडौं, पुस १२ः सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पुस १२ गते देखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’ खेलकुद प्रतियोगिता सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका वीच उक्त प्रतियोगिता शुभारम्भ भएको हो ।

No description available.

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले फुटबलका राष्ट्रिय रेफ्री सशस्त्र प्रहरी सहायक मधुकर आचार्यलाई खेलकुद सामाग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, विभिन्न खेलकुद विधाका खेलाडीहरु तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।

No description available.

उक्त प्रतियोगिता यही पुस १४ गतेसम्म नेपाल एपीएफ रंगशालामा संचालन हुनेछ । फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’मा १८ जना महिलासहित कूल ३ सय ५१ जना खेलाडीहरुको सहभागिता रहेको छ ।उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुका एक–एक टिम गरी कूल नौ वटा टिमको सहभागिता रहेको छ ।

No description available.

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ स्थित सीमा ईलाकाबाट साेमबार सशस्त्र प्रहरीले करीव ३ लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा सुर्ती बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गणले बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाले करीव २ लाख ६९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, किराना सामान तथा सुर्ती बरामद  गरेको छ । भन्सार छली ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले झापा जिल्लाको झापा गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.