सशस्त्र प्रहरी बलका दुई जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

| 2021 Jul 06 | 07:21 pm 1865

काठमाडौं, असार २२ः सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरीका दुई जना एसएसपीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ । जेष्ठताका आधारमा मन्त्रालयले मंगलबार कालीदास धौवाजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस गरेको हो ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ (ख) बढुवा सिफारिस गरेको जनाएको हो । बढुवा समितिको सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले सोही नियमावलीको नियम ५५ मा व्यवस्था भए अनुसार ७ दिनभित्र बढुवा समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.