सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य शिविर संचालन

| 2021 Feb 12 | 09:14 pm 2965

सुनसरी, माघ ३०ः केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ र प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ घुस्कीस्थित कस्मिया मदरसामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।

No description available.

केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले उक्त स्वास्थ्य शिविरको माघ २९ गते एक कार्यक्रमका वीच उद्घाटन गरेकी थिइन् ।

No description available.

नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौं र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीको सहयोगमा माघ २९ र ३० गते सो शिविर संचालन भएको हो ।

No description available.

नेपल एपीएफ अस्पतालबाट खटिएका सशस्त्र प्रहरी उपरीक्षक डा. मिना कुँवर जोशीको कमाण्डमा रहेका २२ जना स्वास्थ्यकर्मीबाट जेनेरल फिजिसियन, नाक, कान, घाँटी, आँखा र स्त्री तथा प्रशुती रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो ।

उक्त शिविरमा  १ सय ८६ जना पुरुष र ३ सय २८ जना महिला गरी ५ सय १४ जनाको स्वास्थ्य जाँच गर्नुको साथै निःशुल्क रुपमा औषधी बितरण गरिएको थियो ।

No description available.

उक्त कार्यक्रममा हरिनगर गाँउपालिका अध्यक्ष गफार अन्सारी, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति बंशीराज दाहाल, एपीएफ अधिकृत तथा जवान लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.