सशस्त्र प्रहरी परिवार महिला संघद्धारा लुम्बिनी प्रदेशमा महिला स्वास्थ्य सम्बन्धि तालिम आयोजना

रिपोर्ट नेपाल | 2022 Feb 24 | 09:41 pm 1329

काठमाडाैं, फागुन १२ः सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल ए.पी.एफ.अस्पतालसँगको सहकार्यमा फागुन १२ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेमा महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामुलक कार्यक्रम र भी.आई.ए., भी.आई.एल.आई.जाँच तथा पहिचान र उपचार तालिम आयोजना गरेको छ । सो प्रशिक्षणमा नेपाल ए.पि.एफ.अस्पतालका गाईनोकोलोजी अन्कोलोजीष्ट प्रा.सशस्त्र प्रहरी उपरीक्षक डा.सौजन्य कर्मचार्य लगायतको टिमले रोगको उपचार विधि तथा महिलाको पाठेघर सम्बन्धि विविध समस्याको समयमा पहिचान नहुँदा आउन सक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा तथा भी.आई.ए., भी.आई.एल.आई. जाँच,सोको पहिचान र उपचारका साथै महिलाको पाठेघर सम्बन्धी रोगको उपचारमा प्रयोगमा आउने उपकरण सम्बन्धी बिषयमा बिस्तृत जानकारी प्रदान गरिन् ।

सो प्रशिक्षणमा सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँके, सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँके, नं.३१ गण बर्दिया, नं.४२ रिजर्भ गण सम्शेरगन्ज, नेपाल ए.पि.एफ.स्कुल बाँके र मध्यपश्चिम क्षेत्रिय अस्पताल कोहलपुर बाँकेमा कार्यरत महिला सशस्त्र प्रहरी तथा भु.पु.महिला कर्मचारीहरुका आश्रित महिला सदस्यहरु, स्थानिय महिला दिदिबहिनीहरु गरी ११८ जनाको सहभागिता रहेको थियो ।

सोहि अवसरमा लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी बल, नेपालका एकाईहरुमा एम.आई.रुममा कार्यरत स्वास्थ्यकर्मी, र स्थानीय क्लिनिकका स्वास्थ्यकर्मीहरु गरी २१ जनालाई भी.आई.ए., भी.आई.एल.आई.जाँच तथा पहिचान र उपचार सम्बन्धि तालिम प्रदान गरिएको हो  । सशस्त्र प्रहरी परिवार महिला संघले महिलाहरुको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उदेश्यले उक्त तालिम तथा जनचेतनामुलक कार्यक्रम आयोजना गर्दैआएको छ ।

बन्दुक तथा ५ वटा गोली सहित तीन जना पक्राउ
कैलाली जिल्लाको कैलारी गाउँपालिका ६ छोटकी पलिया ईलाकाबाट सशस्त्र प्रहरीले एक नाल बाहृबोर बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय बिरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरी रहेका छन् । से २ प ८९२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी छोटकीपलियाबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथमा उक्त बन्दुक तथा सोको ५ वटा गोली समेत बरामद गरेको छ । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद बन्दुक, गोली र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

लागुऔषधसहित एक जना पक्राउ 
कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित बारगिल डाँडा  सीमा ईलाकाबाट सशस्त्र प्रहरीले २१ वटा नाईट्रोभेट ट्याब्लेटसहित कैलाली जिल्लाको गोदावरी नगरपालिका १ बस्ने २६ बर्षीय प्रकाश विश्वकर्मालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी आँपतालबाट खटिएको टोलिले उनलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला पारेपछि पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मालाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

नदिमा बेपत्ता भएकाको शव फेला
लमजुङ जिल्लाको बेशी शहर नगरपालिका ११ रामचोकस्थित मर्स्याङ्दी नदिमा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । हिमालयन हाईड्रोपावरको आयोजनामा काम गर्ने २१ वर्षीय दिनेश तामाङ्ग उक्त आयोजनाको ब्लाष्टिङ्ग गरेर पानी खोल्ने क्रममा चिप्लन गई उक्त नदिमा बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको
शव नदिबाट बाहिर निकालेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.