सशस्त्र प्रहरी जवान १ लाख ५० हजार घुससहित पक्राउ

| 2019 Jul 28 | 06:50 am 1665

काठमाडौं, साउन १२:  सशस्त्र प्रहरी जवान १ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी सशस्त्र प्रहरी बल नम्बर ४ गण, इनरूवाका सशस्त्र प्रहरी जवान बलराम यादव रहेका छन् । व्यपारमा सहजीकरण गरीदिने भन्दै सेवाग्राहीसँग घुस लिएकाे अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनलाई सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताएका छन् ।

शनिबार सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जवान यादवलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.