सशस्त्र प्रहरी जवानको लिखित परीक्षा अर्काको नाममा दिदैगरेका १० जना नक्कली परीक्षार्थी पक्राउ

| 2021 Jan 02 | 08:51 pm 2257

काठमाडौं, पुस १८ः सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी
परीक्षार्थीहरुको एकिन गर्ने क्रममा नेपाल भरका विभिन्न परीक्षा केन्द्रहरुबाट १० जना नक्कली परीक्षार्थीहरु फेला पारिएको हो ।

सशस्त्र प्रहरी बलमा भर्ना छनोट कार्य निश्पक्ष र पारदर्शी रहेको सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.