सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट तालिम उद्घाटन

| 2020 Nov 22 | 08:23 pm 2371

काठमाडौं, मंसिर ७ः राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सिसं ५ गणपति तालिम र सिसं २५ गुल्मपति तथा स्टाफ तालिम संचालन भएको छ।

उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले मंसीर ७ गते आइतबार प्रतिष्ठानमा आयोजित एक समारोहका बीच उक्त दुवै तालिमको उद्घाटन गरेका छन् ।

No description available.

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा फौजी संगठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले सशस्त्र प्रहरी अधिकृतहरुको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्नुकासाथै व्यक्तित्व बिकासमा समेत सघाउ पुर्याउने उल्लेख गरे ।

उनले प्रशिक्षार्थी अधिकृतहरुले यसअघि संगठनको विभिन्न नियुक्तिमा रही लामो अनुभव प्राप्त गरिसकेको चर्चा गर्दै प्रशिक्षार्थीहरुले तालिमलाई विशेष मौकाको रुपमा सदुपयोग गर्दै अझ बढी अध्ययनशिल र मेहनती भई फौजी अनुशासन कायम राख्दै स्वःस्फूर्त रुपमा तालिमबाट बढी भन्दा बढी ज्ञान आर्जन गर्न प्रयत्नशिल रहने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले प्रशिक्षणको दौरानमा आर्जन हुने ज्ञान, कला र कौशलको उपयोग गर्दै सशस्त्र प्रहरी अधिकृतहरुले भोलिका दिनहरुमा कार्यक्षेत्रमा आईपर्ने विविध चुनौतीहरुलाई परास्त गर्दै आत्म विश्वासका साथ जिम्मेवारी निर्वाहमा सफलता प्राप्त गर्न यस्ता तालिमले सघाउ पुर्याउने बताए ।

उनले प्रशिक्षार्थी अधिकृतहरुले आफ्नो ज्ञानको दायरालाई बृद्धि तथा त्यसलाई निखारता प्रदान गर्न स्वअध्ययनलाई जीवन पद्धती बनाउँदै अगाडी बढ्नुपर्ने चर्चा गर्दै आगामी दिनहरुमा विभिन्न सांगठानीक नियुक्तिहरुमा खरो उत्रनका लागि तालिमबाट प्राप्त शैद्धान्तिक तथा व्यावहारिक ज्ञान सहयोगि सिद्ध रहने बताए ।

No description available.

दुई महिना अवधिको गणपति तालिममा कूल २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा कूल ३६ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।

उक्त तालिमहरुमा विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने कुरा उक्त समारोहमा जानकारी गराइएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

सुनसरी जिल्लाको कोशी गाउँपालिका १ स्थित राजापोखरीबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ५ बस्ने १९ वर्षीय जुबेर आलम र १८ वर्षीय नियाल उदिन मिया रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथबाट स्पास्मो ट्याब्लेट १२ पत्ता, निट्रोसन १० पत्ता र डाईलेक्स डिसी ४४ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.