सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

| 2021 Jun 11 | 06:19 pm 3989

झापा, जेठ २८ः जिल्लाको झापा गाउँपालिका ४ बाट सशस्त्र प्रहरीले करीव २२ ग्राम ६३ मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँको बेलायतीबारी बस्ने १८ वर्षीय दिलदास आलमलाई पक्राउ गरेको छ ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश बेलायतीबारीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको खैरो हेरोईन फेला परेको हो ।

पक्राउ परेका आलमलाई बरामद खैरो हेरोईनसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ बनैनियास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले २१ वटा नाईट्राभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको राजविराज नगरपालिका ५ बस्ने २१ बर्षीय अविनास साह रहेका छन् ।

को १० प ९४५२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेका साहलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.