सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित गाडी नियन्त्रणमा

| 2022 Sep 26 | 07:39 pm 1085

पर्सा, असोज १०ः आइतबार सशस्त्र प्रहरी बलले अवैध लागूऔषधसहित यात्रुवाहक बसलाई नियन्त्रणमा लिएको छ । पर्साको ठोरी गाउँपालिका वडा नं. २ स्थित बिओपी ठोरीको मुलगेट अगाडीबाट बिओपी ठोरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त लागूऔषध सहित बस  नियन्त्रणमा लिएको हो ।

No description available.

सुवर्णपुरबाट काठमाडौं तर्फ जाँदै गरेको ना ४ ख ४०१ नम्बरको ठोरी मेट्रो नामक नाइट बसलाई चेकजाँच गर्ने क्रममा बसको क्याबिनमा रहेको चालक सिटको पछाडीको सिटमुनी २ प्याकेट ३ हजार ट्याबलेट र चालकको बायाँपट्टी रहेको क्याबिनको सिट मुनी १ प्याकेट १५ सय ट्याबलेट झोलामा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धीत लागूऔषध निट्राभेट १० ४ हजार ५ सय ट्याबलेट फेला पारेको थियो ।

No description available.

प्रहरीले बससहित चालक चितवन माडी नगरपालिका ८ अयोध्यापुरीका ४४ वर्षीय लालबहादुर सुनार र सहचालक माडी नगरपालिका ८ जिवनपुर बस्ने २५ वर्षीय बासुदेव दर्जीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाएको सशस्त्र प्रहरी नायव परीक्षक कुमार बस्नेतले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.