सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित एक पक्राउ तथा औषधी बरामद

| 2021 Nov 13 | 10:20 pm 1549

मोरङ, कात्तिक २७ः जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित भन्सार ईलाकाबाट शनिबार सशस्त्र प्रहरीले एभिल १० एम्पुल, लुपीलेसिक १० एम्पुल, डाईजापाम १० एम्पुल र फेनेर्जाम १० एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कानेपोखरी गाउँपालिका ५ बस्ने २७ बर्षीय प्रकाश राई रहेका छन् ।

बा ८३ प २५४४ नम्बरको स्कुटरमा सवार निज राईलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उनले प्रयोग गरेको उक्त स्कुटर समेत बरामद गरिएको छ । पक्राउ परेका राईलाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

विभिन्न किसिमका लागूऔषध बरामद
पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ५ चमनटोलबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधी बरामद गरेको छ ।भारतबाट अबैध रुपले ल्याई धानको कुन्युमा लुकाई छिपाई राखेको स्पास्मो ट्याब्लेट २४० वटा, नाईट्राजेपाम ट्याब्लेट १५० वटा, कोडेक्टस २४ बोतल, टिआइपिएल २५ एम्पुल र सेरेज्याक् ४८ एम्पुल सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश गेर्माबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो । बरामद लागूऔषधी नेपाल प्रहरीलाई बुझाईएको छ ।

औषधी बरामद
झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीडाँडा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ५१ हजार रुपैयाँ बराबरको ओरियन्ज कम्पनीको औषधि बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त औषधि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधि भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.