सशस्त्र प्रहरीद्वारा लागूऔषध तथा चोरीपैठारीको लत्ताकपडा बरामद

| 2021 Jun 29 | 08:06 pm 3681

सिरहा, असार १५ः जिल्लाको बरियारपट्टि गाउँपालिका ३ धानखेत ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै लागूऔषध ल्याउने व्यक्तिले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोला जाँच गर्दा डाईलेक्स डिसी ९४
बोतल र नाईट्रोभेट ट्याब्लेट ६ सय वटा फेला पारिएको हो । बरामद लागूऔषध नेपाल प्रहरीलाई बुझाईएको छ ।

चोरीपैठारीको लत्ताकपडा बरामद
झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित चिया बगान ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.