सशस्त्र प्रहरीद्वारा भरुवा बन्दुक बरामद 

| 2021 May 31 | 05:38 pm 1669

दाङ्ग, जेठ १७ः जिल्लाको गढवा गाउँपालिका ८ स्थित भालुखोला जंगलबाट सशस्त्र प्रहरीले दुई वटा भरुवा बन्दुक बरामद गरेको छ ।

उक्त जंगलमा लुकाई छिपाई राखेको भरुवा बन्दुक सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोईलावासबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो ।

बरामद भरुवा बन्दुक नेपाल प्रहरीलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.