सशस्त्र प्रहरीद्वारा बिभिन्न सामान र ट्रकसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2022 Jun 13 | 08:15 am 1393

महोत्तरी, जेठ ३०ः जिल्लाको बर्दिबास नगरपालिका ४ स्थित पुर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीव ५२ लाख १० हजार रुपैयाँ बराबरको बिभिन्न सामान सहित काभ्रे जिल्लाको भुम्लु गाउँपालिका १ बस्ने यम बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । ना ३ ख ४७८७ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको अवस्थामा नेपाल सरकारको स्वास्थ्य मापदण्डको लोगो नभएको उल्लेखित मुल्य बराबरको गुट्खा तथा ईलेक्ट्रोनिक्स सामानसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । त्यसवेला उक्त ट्रक समेत बरामद गरिएको छ ।

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको टोलीले बरामद गरेको हो ।

यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ताचप्पल तथा भित्ते घडी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण  सर्लाहीबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.