सशस्त्र प्रहरीद्वारा काठ सहित तामाङ पक्राउ 

| 2022 Jun 22 | 09:02 pm 937

झापा, असार ८ः जिल्लाको मेचीनगर नगरपालिका १० धुलावारीबाट सशस्त्र प्रहरीले करीव ३ लाख ६१ हजार रुपैयाँ बराबरको १ सय २८ क्यूफिट साल र कर्माको काठ सहित ४५ वर्षिय महिन्द्र तामाङलाई पक्राउ गरेको छ । मे १ च ७५४३ नम्बरको ट्याक्टरमा राखेर सामुदायिक वन उपभोक्ता समिति चुल्ठे ईलामबाट ल्याउँदै गरेको उक्त काठ बिल विजक भन्दा बढि रहेको
पाईएपछि उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । त्यसवेला उक्त ट्याक्टर समेत बरामद गरिएको  छ । पक्राउ परेका तामाङलाई बरामद काठ तथा ट्याक्टर सहित आवश्यक कारवाहीको लागि श्रीरेङ सव डिभिजन कार्यालय ईलाममा बुझाईएको छ ।

१७५ किलाे गाँजा बरामद
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १ कोशी व्यारेजस्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीव १७५ किलाे गाँजा बरामद गरेको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको सशस्त्र प्रहरीले चेक जाँच गर्ने क्रममा को १ ख २९२५ नम्बरको मिनि ट्रकको चालक र सहचालक फरार भएपछि उक्त ट्रकमा जाँच गर्दा उल्लेखित परिमाणको गाँजा तथा करीव २८ हजार रुपैयाँ बराबरको अदुवा बरामद गरेको हो ।बरामद गाँजा र अदुवा सहितको ट्रक जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाईएको छ ।

चोरीपैठारीको किराना सामान बरामद
बारा जिल्लाको फेटा गाउँपालिका ७ पुरैनायाबाट सशस्त्र प्रहरीले करीव १ लाख ६६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.