सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल बरामद

| 2021 Sep 03 | 09:24 pm 1653

सर्लाही, भदाै १८ः जिल्लाको लालबन्दी नगरपालिका ५ स्थित हरिवन तथा लालबन्दीको भित्री सडकखण्डबाट सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोल तथा सोको ५ वटा गोली बरामद गरेको छ ।

प्रदेश २–०२–००४ प ७७५७ नम्बरको मोटरसाईकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त पेस्तोल तथा मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि बरामद गरिएको हो । बरामद पेस्तोल, गोली र मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको छ ।

ब्राउन सुगरसहित दुई जना पक्राउ
झापा जिल्लाको दमक नगरपालिका ३ बेलडाँगीबाट सशस्त्र प्रहरीले करीव ५ ग्राम ७२ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ
गरेको छ ।

फक्राउ पर्नेहरुमा सोही जिल्लाको दमक नगरपालिका ३ सेक्टर डेल्टा २ हट नम्बर १७९ बस्ने ३२ वर्षिय पूर्णबहादुर कटुवाल र डेल्टा १ हट नम्बर १०१ बस्ने २६ वर्षिय किरण राई रहेका छन्  ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी सुरक्षा वेश बेलडाँगीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको
साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको हो । पक्राउ परेका दुवै जनालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

गाँजा बरामद
बारा जिल्लाको सुवर्ण गाउँपालिका ७ तियर खोलास्थित सीमा ईलाकाबाट भाद्र सशस्त्र प्रहरी करीव ११ के.जी. गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश पचगछियाबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त गाँजा ल्याउँदै गरेका व्यक्तिले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलामा जाँच गर्दा उक्त परिमाणको गाजाँ फेला परेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.