सशस्त्र प्रहरीद्वारा एक थान भरुवा बन्दुक बरामद

रिपोर्ट नेपाल | 2020 Nov 13 | 08:48 am 3044

कञ्चनपुर, कात्तिक २८ः कृष्णपुर नगरपालिका–१ कुइयागडा चुरे भावर वन क्षेत्रबाट सशस्त्र प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–३५ नं गण हेडक्वाटर शैलेश्वरी झलारीका सशस्त्र प्रहरी निरीक्षक इश्वरीदत्त भट्टको कमाण्डमा रहेको एरीया मोबाइल टोलीले भरुवा बन्दुक फेला पारेको हो ।

वन क्षेत्रमा बन्दुक पड्केको आवाज सुनिएपछि मोबाइल टोलीले चोरी शिकारीको आशंकामा खोजतलास गर्दा बन्दुक फेला पारेको गस्तीमा संलग्न सशस्त्र प्रहरीका जवानहरुले बताएका छन् । बन्दुक पडकाउनेहरु भागेकाले पक्राउ गर्न नसकिएको बताइएको छ ।

बन्दुक पड्काउनेहरु चोरी शिकारी गर्न वन क्षेत्रमा गएका व्यक्तिह हुनसक्ने बताइएको छ । बरामद बन्दुक जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । सोही ठाउको पहरीयाबाट सशस्त्र प्रहरीले गएराती अबैध काठसमेत बरामद गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.