सशस्त्र प्रहरीद्वारा एक जनाको शव फेला

रिपोर्ट नेपाल | 2022 Aug 01 | 06:54 pm 2241

मोरङ, साउन १६ः जिल्लाको बिराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा साउन १६ गते डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारी बाहिर निकालेको छ ।

सोही ठाउँ बस्ने ३० बर्षिय फुलु ऋषिदेव उक्त पोखरीमा माछा मार्ने क्रममा वेपत्ता भएको भन्ने खबर प्रहरी चौकी घिनाघाटबाट प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनी मोरङबाट टोली खटिगई उनको खोजी कार्यमा जुटेको थियो ।

सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.