रुपन्देही, असार २७ः जिल्लाको सिद्धार्थनगर नगरपालिका ७ बुद्धचोकस्थित सुन्दर अग्रहरी प्लाई तथा ग्लास हाउसमा शनिबार भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा
नियन्त्रण ल्याएका छ ।
सो आगलाागीबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको हो ।
उक्त आगलागीबाट प्लाई, ग्लास तथा सो हाउस नजिकै रहेको गोदाम समेत जलेर नष्ट हुँदा करीव ४ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ ।
यसैगरी महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका ३ महदैयास्थित कवाली टोलमा रहेको एक घरमा भएको आगलागी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश खुट्टापिपराडीबाट खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् ।
सोही ठाउँ बस्ने नथुनी कवाडीको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा करीव ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ ।