सशस्त्र प्रहरीद्वारा अवैध साढे २४ लाख भारतीय रकम बरामद

रिपोर्ट नेपाल | 2020 Aug 12 | 01:25 pm 2079

कपिलवस्तु, साउन २८ः बुधबार बिहान भारतबाट अबैध रुपमा भित्राइएको साढे २४ लाख भारतीय रकम शसस्त्र प्रहरी बलले कपिलवस्तुको कृष्णनगरबाट बरामद गरेको छ ।

कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पूर्व पालमा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भन्सार सुरक्षा गुल्मको टोलीले उक्त रकम बरामद गरेको हो ।

शसस्त्रको पाल ड्युटी रहेको बाटोमा भारत हुँदै झोलामा भिरेर एक व्यक्तिले सेनेटाईजर र औषधिको पोकामा लुकाएर सो रकम ल्याएका थिए ।

दशगजा भन्दा ५० मिटर भित्र नेपाली भूभागमा गरिएको चेकजाँजका क्रममा शुरुमा ति व्यक्तिले झोला खोलेर सेनेटाईर र औषधि रहेको भन्दै गस्तीमा रहेको शसस्त्रको टोलीलाई झुक्याउन खोजेका थिए । तर शसस्त्रको टोलीले शंका लागेपछि झोलामा हेर्न थालेपछि ती व्यक्ति रकमको झोला छोडेर भारततर्फ भागेको शससत्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपती शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले जानकारी दिए ।

बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गड्डी ९ नेपाली ३९ लाख २० हजार रहेको शाहीले बताए । बरामद रकम आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाइने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.