सशस्त्र प्रहरीद्धारा दूईनाले बन्दुकसहित तीन जना पक्राउ

| 2021 Dec 10 | 05:01 pm 1465

कैलाली, मंसिर २४ः जिल्लाको भजनी नगरपालिका ७ स्थित हुलाकीमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले दूईनाले बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको घोडाघोडी नगरपालिका बस्ने ५५ बर्षीय दयाराम चौधरी, ३५ बर्षीय अजय चौधरी र २९ बर्षीय तुलाराम चौधरी रहेका छन् ।

दुई वटा मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हिम्मतपुरले सो बन्दुकमा प्रयोग हुने ८ वटा टोटा कार्टिजसहित पक्राउ गरेको हो ।  पक्राउ परेकाहरुलाई बरामद बन्दुक तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.