पश्चिम नवलपरासी, जेठ ५ः सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका अविनाश राजभरको मृत्यु भएको छ। बुधबार बिहान प्रहरीले गोली चलाउँदा भारत जान थालेका युवक मृत्यु भएको हो।
जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।
बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका ‘वनकट्टी’बाट भारततर्फ जान लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोकेको थियो । त्यसपछि ५०र६० जना स्थानीय युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाएको सशस्त्र प्रहरीको दावी छ ।
कोभिड–१९ को जोखिमका कारण रोकेर सोधपुछ गर्न खोज्दा गाउँलेको समूह आएर ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीले जनाएकाे छ ।
सुस्ता गाउँपालिका–५ स्थित नथुई नाकाबाट भारततर्फ जान लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोक्दा विवाद सुरु भएको थियो त्यसक्रममा गाउँलेहरु आएर प्रहरीको टोलीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ।