सशस्त्र प्रहरीका पाँच एआईजीद्वारा राजीनामा

| 2018 Jul 05 | 05:24 pm 4733

काठमाडौँ, २१ असार : सशस्त्र प्रहरीका पाँच एआईजीले राजीनामा दिएका छन् । एआईजी जानकीराज भट्टराई, सुवोधकुमार अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजीनामा गरेका हुन् ।

बुधबार मन्त्रिपरिषद्को बैठकले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचारसंहिता लागू भएपछि गरेका नियुक्ति बदरको निर्णय गरेलगत्तै सशस्त्रका एआईजीहरुले राजीनामा दिएका हुन् ।

गृह स्रोतका अनुसार एआईजीहरुले सशस्त्र प्रहरी बलको मुख्यालयमा बुझाएको राजीनामा केहीबेर अघि मात्रै गृह मन्त्रालय पुगेको हो । गृहले उनीहरुको राजीनामा मन्त्रिपरिषद् बैठकमा बुझाउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.