काठमाडाैं, साउन १ । सशस्त्र प्रहरी बल नेपालले आर्थिक वर्ष २०७९।०८० मा १ अर्ब २६ करोड ४४ लाख २४ हजार ३ सय ७० रुपैयाँ बराबरको चोरीपैठारीका सामान नियन्त्रणमा लिई सम्बन्धित निकायलाई जिम्मा लगाएकाे छ । अघिल्लाे आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा करीव २७ प्रतिशतले बढि चोरीपैठारीका सामान नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको भनाई छ ।
सो अवधिभर सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटहरुले साउन महिनामा ९ करोड ७९ लाख ३ हजार ३ सय ३४ रुपैयाँ, भाद्र महिनामा ११ करोड २५ लाख ११ हजार ७ सय २० रुपैयाँ, असोज महिनामा ८ करोड, ७४ लाख ९४ हजार ६ सय ८३ रुपैयाँ, कार्तिक महिनामा ६ करोेड ९१ लाख ५८ हजार ५ सय ९ रुपैयाँ बराबरको मालसामान बरामद गरेका थिए ।
त्यस्तै मंसीर महिनामा ८ करोड ४८ लाख ५१ हजार ३ सय ५३ रुपैयाँ, पौष महिनामा १७ करोड ५८ लाख ५० हजार २ सय ८३ रुपैयाँ, माघ महिनामा ८ करोड १९ लाख ९६ हजार ७ सय ५३ रुपैयाँ, फागुन महिनामा ८ करोड ७९ लाख ६० हजार १ सय ६५ रुपैयाँ बराबरको भन्सार दाखिला भएको थियो ।
साथै चैत्र महिनामा ११ करोड, १८ लाख ३० हजार २ सय ६२ रुपैयाँ बैशाख महिनामा १३ करोड ८१ लाख ८९ हजार ९ सय ३१ रुपैयाँ, जेठ महिनामा ११ करोड ४३ लाख ६४ हजार ६ सय १ रुपैयाँ र असार महिनामा १० करोड, २३ लाख १२ हजार ७ सय ७७ रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७९।०८० मा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुले उल्लेखित मुल्य बराबरको अवैध चोरीनिकासी बरामद, वन पैदावार, सुनचाँदी र अवैध रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो ।
सो अवधिमा नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले २८ करोेड ७३ लाख ४५ हजार ५ सय ९३ रुपैयाँ, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ६५ करोड, ७० लाख २६ हजार ६ सय ९५ रुपैयाँ, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले १ करोड ९० लाख ९९ हजार ६ सय ६८ रुपैयाँ, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले २ लाख ८१ हजार ४ सय रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको हो ।
त्यस्तै नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले २२ करोड १६ लाख १५ हजार ७ सय ६६ रुपैयाँ र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले ७ करोड ८३ लाख ४५ हजार २ सय ४८ रुपैयाँ भन्सार दाखिला गरेको समेत बरिष्ठ उपरीक्षक खड्काले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रको सुरक्षालाई थप मजबुद बनाउनको लागि बिओपीको संख्या बढाउनुको साथै सीसी क्यामेरा जडान र मनिटरिङ्गलाई समेत विशेष महत्व दिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्ममा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्ड रहने व्यवस्था गरी समन्वयको पक्षलाई बढि प्रभावकारी बनाउनुको साथै सीमा क्षेत्रमा खटिएका सवै सरोकारवाला निकायहरुसँग सुमधुर सम्बन्धका साथ प्रभावकारी रुपमा समन्वय हुँदै आइरहेको समेत प्रवक्ता खड्काले बताउनुभयो ।
समय समयमा संगठनका उच्च नेतृत्वहरुले समेत सीमा क्षेत्रको निरीक्षण भ्रमण गरी सीमा क्षेत्रबाट हुनसक्ने अवैध गतिविधिहरु नियन्त्रण गर्न
निर्देशनसमेत दिँइदै आएको छ । सीमामा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुले प्रभावकारी रुपमा कार्य गर्नको लागि समय समयमा मुख्यालयबाट निरीक्षणसमेत भइरहेको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको भनाई छ ।