सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

रिपोर्ट नेपाल | 2023 Feb 09 | 08:15 am 1045

काठमाडौं, माघ २६: सशस्त्र प्रहरी बल नेपालका ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्।

बुधबार बसेको  बढुवा समितिको बैठकले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा समितिको निर्णयानुसार वरिष्ठ उपरीक्षकहरुलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समितिका  सदस्य सचिव, नारायणदत्त पौडेलले जानकारी दिए।

उनका अनुसार बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने बताए। बढुवा सिफारिसको पहिलो नम्बरमा सुरेश कुमार श्रेष्ठ, दोस्रोमा अन्जनी कुमार पोखेल, तेस्रोमा दीपेन्द्र शाह, चौथोमा पुरुषोत्तम थापा रहेका छन्। अन्नपूर्ण पाेस्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.