सशस्त्रका एसपी थपलिया रहेनन

| 2023 Aug 19 | 04:04 pm 10849

काठमाडौं, भदौँ २ । सशस्त्र प्रहरी बल(एपीएफ) मा कार्यरत एसपी सुमन थपलियाको शनिबार निधन भएको छ। उनी पर्सा १३ नम्बर गणमा कार्यरत थिए ।

थपलियाको हृदयघातका कारण निधन भएको बताइएको छ। एक्कासी कार्यालयमै बेहोस भएका थपलियालाई थप उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालले उनलाई दिउँसो १ बजे उनलाई मृत घोषणा गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.