सवारी लाईसेन्सको ट्रायल दिने दुई नक्कली परीक्षार्थी पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 12 | 08:19 pm 1503

काठमाडौं, फागुन २९: नेपाल ड्राईभिङ सेन्टर, गंगाहिटीमा संचालन भएको मोटरसाईकलको प्रयोगात्मक परीक्षामा नक्कली प्रशिक्षार्थीले परीक्षा दिएको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खट्टिएको ट्राफिक प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका वडा नं १० घर भई हाल धापासी बस्ने जनक न्यौपाने र दार्चुला मालिकार्जुन गाउँपालिका वडा नं ३ का १९ वर्षीय सुभाष सिह धामी रहेका छन् ।

न्यौपानेलाई शंका लागि परीक्षा दिनको लागि आवश्‍यक पर्ने कागजात चेकजाच गर्दा उनले बाजुरा बडीमालिका नगरपालिका वडा नं १० का १९ वर्षीय कुन्का थाप्के थापा ट्रायल दिन आएको जानकारी महानगरीय ट्राफिक प्रहरी महासाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

न्यौपानेले थापाको नाममा बाजुराबाट जारी भएको नागरिकतामा नेपाल सरकारको लोगो भएको कागजमा आफ्नो फोटो टासी परीक्षा दिन आएको खुल्न आएको ढकालले बताए ।

प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा निज जनक न्यौपानेलाई सँगै डेरा गरी बस्ने सुभाष सिह धामीले सम्पर्कमा ल्याएको परीक्षार्थी कुन्का थाप्के थापाको नाममा मेरो फोटो टाँस गरी ट्रायल दिन आएको हुँ भनी बयान दिएको प्रहरीले बताएको छ ।

प्रकाउ परेका दुबै जनालाई मुलुकी अपराध सहिता ऐन २०७४ को लिखत सम्बन्धी कसुर अपराध गरेको हुनाले थप अनुसन्धान तथा आवश्‍यक कारवाहीको महानगरीय प्रहरी वृत्त, गौशाला पठ्ठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.