सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रशिक्षण

रिपोर्ट नेपाल | 2018 Nov 21 | 03:09 pm 2018

पाल्पा, मंसिर ५ :  ईलाका प्रहरी कार्यालय रामपुरले ट्राफिक नियम सम्बन्धी ज्ञानको प्रशिक्षण दिएको छ । नेपालमा धेरै कम उमेरका युवा युवतीहरुले सवारी दुर्घटनाको कारण अकालमा ज्यान गुमाउनु परेको तथा अंगभंग हुनु परेको तथ्यलाई मनन् गरि प्रशिक्षण दिइएको हो ।

उक्त प्रशिक्षणले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ आज बुधबार रामपुर नगरपालिकामा रहेको रामपुर ईङलिस बोर्डिङ स्कूलका कक्षा १०,११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई दिइएको थियो । समुदाय प्रहरी वडा समिति वडा नम्बर ५ का वडा सदस्य काशिनाथ रेग्मीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा करिब १ जना विद्यार्थी उपस्थिति रहेका थिए ।


प्रशिक्षणको क्रममा सवारी दुर्घटना भनेको के हो ? कसरी हुन्छ ? सवारी साधनहरु चलाउदा ध्यान दिनु पर्ने कुराहरु के के हुन् ? तथा सवारी दुर्घटना कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा जानकारी दिएका थिए । साथै २०४९ लगायतका कानूनहरुले के कस्तो क्षतिपुर्ति तथा दण्ड सजायको व्यवस्था गरेको छ ? आदि बिषयहरुको सन्दर्भमा प्रशिक्षण दिइएको थियो ।

उक्त कार्यक्रम रामपुर नगरपालिका तथा निस्दी गाउँपालिकामा रहेका सबै मा.वि, उच्च मा.वि र कलेजहरुमा समेत निरन्तर रुपमा ट्राफिक नियम सम्बन्धी प्रशिक्षणको अलावा साइवर अपराध, लागु औषध र मानव बेचबिखन लगायतका अन्य सामाजिक अपराधहरुका बिषयहरुमा समेत निरन्तर चेतनामुलक प्रशिक्षण गरिने प्रशिक्षक तथा प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.