सवारी दुर्घटनामा मृत्यु तथा घाइते

रिपोर्ट नेपाल | 2018 Aug 08 | 02:26 pm 4707

काठमाडौं,साउन २३: ललितपुर महानगरपालिका २५ भैंसेपाटीस्थित सडकमा बा.९६ प २८१३ नम्बरको मोटरसाइकलले पैदलयात्री सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ६ घर भई हाल भैंसेपाटी नयाँबजार बस्ने ६६ वर्षीय रामहरि पौडेललाई बुधबार ठक्कर दिँदा गम्भीर घाइते भएकोले उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी ललितपुर महानगरपालिका १४ टौदह थसिखेलमा मंगलबार नम्बर नखुलेको टिपरले पैदलयात्री सिन्धुली कुशेश्वर दुम्जा घर भई हाल ललितपुर कुसुन्ती बस्ने ३६ वर्षीया लेखराज रम्तेल र नुवाकोट मुलाबारी ३ घर भई हाल थसिखेल बस्ने ३६ वर्षीया शलिनाकुमारी विश्वकर्मालाई ठक्कर दिँदा घाइते भएकोले दुवै जनालाई उपचारको लागि अल्का अस्पताल जाउलाखेल पठाइएकोमा उपचारको क्रममा शलिनाकुमारीको मृत्यु भएको छ ।

दुर्घटना गराउन संलग्न रहेको आशंकामा ४ वटा टिपर र चालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.