सवारी दुर्घटनाप्रति काङ्ग्रेसद्वारा दुुःख व्यक्त

रिपोर्ट नेपाल | 2018 Nov 23 | 04:28 pm 4459

काठमाडौँ, मङ्सिर ७ : नेपाली काङ्ग्रेसले बिहीबार साँझ भएको बस दुुर्घटनाप्रति दुुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी डा के आइ सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ मा भएको दुर्घटनाप्रति दुुःख व्यक्त गरेको हो ।

बिहीबार साँझ विद्यालयको बस दुर्घटना हुुँदा १८ जनाको मृत्युु भएको थियो भने २६ जना घाइते भएका थिए । यसैबीच आज दार्चुुलामा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएको घटनाप्रति पनि काँग्रेसले दु:ख व्यक्त गरेको छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बस दुुर्घटनामा परी मृत्यु भएकाको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । साथै उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.