काठमाडाै, भदाै २५ः सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि यातायात व्यवस्था कार्यालय ललितपुरले लाइसेन्स सूचारु गर्ने जनाएको छ ।
विहीबार सूचना जारी गर्दै यातायात व्यवस्था कार्यालय एकान्तकुनाले आइतबारदेखि लाइसेन्स (सवारी चालक अनुमतिपत्र) नवीकरण कार्य सुचारु गर्ने जनाएको हो ।
निषेधाज्ञाका कारण तीन सातादेखि सवारी चालक अनुमतिपत्र नवीकरण कार्य स्थगित रहेकाे थियो । जारी गरिएको सूचनामा भनिएको छ, मिति २०७७/०५/२८ गते आइतबारदेखि यस कार्यलयबाट प्रदान गरिने सवारी चालक अनुमति प्राप्त नवीकरण गर्ने कार्य सूचारु रहने साथै अन्य सेवाहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ ।