सल्यान, जेठ २६ः आइतबार राति सल्यानमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन्। त्रिवेणी गाउँपालिका वडा नम्बर ६ भुम्केज्युलाकी ३६ वर्षीया महिलाले ३८ वर्षीय डिल्लीबहादुर घर्तीको हत्या गरेकी हुन्।
राति साढे ८ बजे घरमा काठ चिर्ने फलाम प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।
हत्या आरोपित श्रीमतीलाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुहाममा राखिएको छ। मृतक घर्तीको शवको पोष्टमार्टम सोमबार हुने प्रहरीले जनाएको छ।